शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नागरिकलाई ठगिनबाट जोगाऔँँ

बुधवार , जेठ ९, २०८१

प्रचलित बैंक तथा वित्तीय संस्थाको भन्दा बढी ब्याज पाइने लोभले सिन्धुली लगायत देशभर बचतकर्ताले सहकारीमा निक्षेप गर्ने गर्छन् । सहकारीमा श्रोत नखुलेको पैसा पनि राख्ने गरिन्छ, अनेक रुपमा । कतिपय सहकारीले अनेक जालझेल गरी उच्च ब्याज लगाएर ऋणका धितो पनि खाइदिएका छन् । जिल्लामा सहकारीको अनुमगन र नियमन हुन नपाउँदा अधिकांश सहकारीमा विकृति र विसंगति भने व्याप्त छ । उचित नियमन हुन नपाएका कारण कुन सहकारीका सञ्चालक कति खेर फरार हुन्छन् भन्नै नसकिने स्थिति आइसकेको छ । केही विकृत सहकारीका कारण ऐनअनुसार व्यावसायिक रुपमा राम्रो काम गर्दै आएका अन्य सहकारीहरू पनि शंका र संशयको घेरमा परेका छन् ।

सहकारी ऐन २०७४ लागू भइसकेपछि स्थानीय र प्रदेश सरकारको मातहतमा गएका सहकारी संस्थाहरुमा नियमित अनुगमन र नियमन हुन सकेको छैन । कार्यान्वयनपछि दर्ता, नियमन, अनुगमन, खारेजीलगायत अधिकार स्थानीय तहसँग छ । तर, स्थानीय तहले सहकारी क्षेत्रसँग सम्बन्धित प्रशासनिक कार्यहरु चुस्त–दुरुस्त रुपमा संचालन गर्न नसक्दा समस्या देखिएको हो । आवश्यक नियमन र अनुगमन सँगसँगै स्थानीय सरकारले सहकारीलाई प्रवद्र्धन समेत गर्न जरुरी छ । अतः जिल्लामा रहेका सहकारी पिडितलाई न्याय दिलाउन र ठगि गर्ने सहकारीलाई नियमन गर्न जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया