शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बजेट फ्रिज हुन नदेऊ

मंगलवार , जेठ ८, २०८१

आर्थिक वर्ष २०८०/०८१ सकिन झण्डै डेढ महिना बढि समय बाँकी रहदा सिन्धुलीमा विकास खर्चको अनुपात भने ज्यादै दयनीय देखिन्छ । हालसम्म कुल विनियोजित बजेटको एक चौथाइ पुँजीगत खर्चसमेत भएको छैन । विकास निर्माणसँग सम्बन्धित रहेका सरकारी कार्यालयकोे पुँजीगत खर्चलाई हेर्ने हो भने निकै निराशाजनक छ । विकासे कार्यालयलाई पर्याप्ट बजेट छुटाएपनि खर्च दयनीय छ । पुँजीगत खर्च गर्न नसक्ने अवस्था सिर्जित हुनुमा धेरै कारणहरु जिम्मेवार छन्, जस्तोः जसमा नीतिगतदेखि प्रक्रियागत त्रुटिहरुको भूमिका सर्वाधिक हुन्छ ।

संरचनागत समस्यादेखि बजेट निर्माणका क्रममा देखिने गरेका कमजोरीहरुले समेत पुँजीगत खर्च सोचेअनुरुप हुन नसक्नु अस्वाभाविक छैन । प्रणालीगतरुपमा अब पनि तिनमा सुधार गर्न सकिएन भने भविष्यमा समेत पुँजीगत खर्च प्रक्रियामा त्यसकै पुनरावृत्ति नहोला भन्न सकिन्न । विकास खर्च गर्ने भनेर विनियोजित गरिएको रकमलाई पुँजी निर्माणको आधारको रुपमा लिइन्छ । खर्चको सन्दर्भमा सोचेजस्तो लक्ष्य हासिल हुन नसक्दा त्यसको असर विकास निर्माणको क्षेत्रमा पर्दछ । अबको समयमा विकास आयोजनाहरुलाई आवश्यक पर्ने स्रोत सुनिश्चित गरी तिनलाई यथोचित समयमै सम्पन्न गर्ने प्रक्रिया अवलम्बन गर्न सकियो भने एकातिर विकासले गति लिने र अर्कोतिर पुँजीगत खर्चसमेत अनुकरणीय हुनेछ । अतः विकासे खर्च फ्रिज भएर जान नदिन सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया