गत वैशाख ३१ गते सिन्धुलीको सदरमुकामस्थित सिन्धुलीमाढीमा गरिएको बजार अनुगनले चर्चा पाएको छ । संयुक्त बजार अनुगमन समितिले गरेकोे बजार अनुगमनबाट जिल्लामा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाईएको छ । अनुगमनका क्रममा विभिन्न सप्लायर्सको गोदामबाट म्याद गुज्रिएका खाद्यान्नदेखि पेय पदार्थ फेला परेको थियो । सिन्धुलीमा प्रभावकारी ढंगबाट बजार अनुगमन नभएको उपभोक्ताले गुनासो गर्दै आइरहेका छन् । अनुगमन भएपनि उपभोक्ता ठग्ने व्यापारी दण्डित नभएको गुनासो थियो । विगतमा बजार अनुगमन गर्नुपुर्व सूचना चुहाउने, गल्ति एउटा भएपनि सजाय कम हुने अभियोग लगाउने लगायत अवैद्य क्रियाकलापलाई प्रोत्साहन मिल्ने गरि निर्णय भएका छन् । तसर्थ, बजार अनुगमनलाइ प्रभावकारी बनाउन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । मुख्यतः यहाँका स्थानिय सरकारले उपभोक्तको अधिकार हनन् गर्ने व्यापारीको पहिचान गरि बजार अनुगमनलाई तिव्रता दिन जरुरी छ ।
बजार अनुगमनको कार्यविधि छ । कार्यविधि अनुसार बजार अनुगमन गर्नतर्फ सरोकारवाला निकाय सचेत हुन आवश्यक छ । गतल क्रियाकलापलाई रोक्न गलत बाटोनै रोज्नुपर्ने बाध्यात्मक अवस्था छैन । तसर्थ, संयुक्त बजार अनुगमन समितिले निरन्तर बजार अनुगमनलाई प्राथमिकतामा राखेर जोश र होशका साथ अघि बढ्न जरुरी छ ।