सिन्धुली– सोमबार सिन्धुलीमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर ३ जिर्घा बोक्सेटारमा अन्दाजि ४० वर्षका पुरुषको लास फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबि कुमार पौडेलले जानकारी दिनुभयो ।
पानीमा डुबी मृत अवस्थामा चक्र बहादुर माझीको शव फेला परेको स्थानियले प्रहरीलाई खबर गरेका थिए । माझीको घरबाट अन्दाजि तीन सय मिटर पुर्वमा रहेको दिर्घा खोलामा माछा मार्न गएकोमा पानीमा डुबी मृत अबस्थामा रहेको भनि स्थानियले प्रहरीलाई खबर गरेको एसएसपी पौडेलले बताउनुभयो । मृतकको श्रीमती र दाईले शव बुझेको र मुचुल्का पश्चात पोष्टमार्टमकालागि जिल्ला अस्पताल सिन्धुली पठाइएको एसएसपी पौडेलले बताउनुभयो ।