शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खेलकुदको महत्व बुझ

सोमवार , बैशाख ३१, २०८१

सिन्धुलीमा बेलाबखतमा हुने खेलकुद प्रतियोगिता हुन्छन् । यस्ता प्रतियोगिताले खेलाडी र दर्शकमा जोश त भर्छ नै तर ती सबै क्षणिक हुने गर्दछ । जिल्लामा खेलकुदको विकासकालागि सरोकारवाला निकायले वास्ता नगरेको अवस्था छ । जिल्लामा खेल्नकालागि मैदानको अभाव छ भने खेलकुदप्रति स्थानीय सरकारदेखि तीनै तहका सरकार उदार छैन ।

करातेका अन्तराष्ट्रिय मेडलिष्ट गोपी बम्जन यही जिल्लाका हुन् । सिन्धुलीमा कयौँ गोपी छन् जस्ले थुप्रै मेडलहरु नेपालमा ल्याउन सक्छन् तर तिनिहरुलाई अवसर दिइएको छैन । खेलकुदमा उत्कृष्ठ प्रदर्शन गर्न सक्ने क्षमता भएपनि राज्यले कुनै पनि सहयोग नगर्दा गोपी जस्ता कयौँ खेलाडीले आफ्नो सिप र कला गुम्साएर राख्नुपरिरहेको छ । तसर्थ, जिल्लामा खेलाडीहरुलाई प्रशिक्षण र खेलकुदको विकासमा सम्बन्धित निकायले धेरै गृहकार्य गर्न आवश्यक छ । जिल्लामा रहेका क्लबलाई सहयोग गर्दै उत्कृष्ठ खेलाडी उत्पादन गर्न जिम्मेवार निकायको भुमिका अह्म हुन्छ । अतः समग्र खेलकुदको विकासकालागि स्थानिय देखि केन्द्रिय सरकार गम्भिर हुन आवश्यक छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया