शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सर्पदंशको उपचारकालागि तयारी गर

मंगलवार , बैशाख १८, २०८१

गत वर्ष सिन्धुलीमा सर्पको टोकाईबाट चारजनाको मृत्यु भयो भने ४३ जना घाईते भएका थिए । वर्षेनि गर्मी बढेसँगै सिन्धुलीमा सर्पदंशबाट ठूलो जनसंख्या प्रभावित हुने गरेको छ । अत्याधिक गर्मी बढेसँगै सिन्धुलीको दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका केही वडामा विषालु सर्पको विगविगीनै हुन्छ । तर, सर्पको टोकाइलाई तत्काल उपचार गर्न नसक्दा बर्षेनी ज्यान गुमाउदै आएका छन् । बारीमा काम गर्दा, घरकै आगनमा काम गर्दा सुतेकै अवस्थामा सर्पले धेरै डस्ने गरेको स्थानीयको भनाई छ । हरेक वर्ष सर्पले डस्दा मानविय क्षति भइरहदा पनि राज्यको संयन्त्र यसतर्फ गम्भिर नभएको अवस्था छ । गत माघमा दुधौली नगर अस्पताल उद्घाटन गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै उक्त अस्पतालमा सर्पदंशको बिरामीकालागि उपचार गर्न आवश्यक तयारी गर्ने बताउनुभएको थियो । तर, प्रधानमन्त्रीको उक्त आश्वासन पुरा भयो कि भएन भनेर सरोकारवाला निकायले चासो नदेखाएको अवस्था छ । तसर्थ, सर्पदंशको उपचारकालागि पुर्वतयारी गर्न जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

स्थानिय सरकारले सर्प नियन्त्रण गर्न नागरिकलाई सिप सिकाउने लगायत तत्काल उपचार गर्नुपर्ने अवस्था आएमा हेलिकोप्टरको व्यवस्था लगायत अन्य तयारीमा जुट्न जरुरी छ । अतः जिल्लामा अत्याधिक गर्मी बढिरहेको र वनमा डढेलो लागेको कारण वस्तिमा सर्प छिर्ने संभावना रहेको हुँदा नागरिक र राज्यको संयन्त्र सचेत हुन जरुरी छ ।

प्रतिक्रिया