शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रास्वपा उमेदवार मिलन लिम्बुलाई आफ्नै वडामा ९६ मत

सोमवार , बैशाख १७, २०८१

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट पनि मत नआएको देखिएकाे छ। उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो। यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ।

मिलनको वडामा १ हजार ४०७ मत गणना खसेको थियो। यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ। एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पायो। पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ३१७ मत पाए। यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १ हजार ४५१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया