शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा जस्को शक्ति, उसैको भक्ति

आइतवार , बैशाख १६, २०८१

सिन्धुलीको स्थानीय तहमा भ्रष्टाचार, कुशासन र अराजकता मौँलाएको छ । जनप्रतिनिधिसँग स्पष्ट योजना र पर्याप्त ज्ञान नहुँदा बाह्य शक्तिको भरमा स्थानीय सरकार संचालन भईरहेको छ । स्थानीय तहमा लुट मच्चिएको छ । माथिल्लो तहका कर्मचारीदेखि करारमा नियुक्त भएका तल्लो तहका केही कर्मचारी आर्थिक अनियमतितामा जोडिएको स्थानीयको गुनासो छ । हरेक योजनामा कमिशनको चलखेल भइरहदा पनि सरोकारवाला निकाय मौन बसेको अवस्था छ । जनप्रतिनिधिलाई गलत बाटोमा अघि बढ्न कर्मचारीले पनि साथ दिईरहेका छन् । नियम विपरित कुनैपनि योजना संचालन भएमा कर्मचारीलेनै वैधानिक बाटोबाट अवैधानिक काम गर्न जनप्रतिनिधिलाई सघाउने गरेका छन् । कर्मचारी स्थायी सरकार हुन् । तर, उनीहरुको भुमिकामै प्रश्न उठ्न थालेको छ ।

स्थानिय तहले संचालन गर्ने टुक्रेदेखि ठूलो योजनामा चरम भ्रष्टाचार हुने गरेको उपभोक्ताहरु बताउँछन् । उपभोक्ता समितिमार्फत संचालन हुने योजनामा प्राविधिकदेखि लेखाअधिकृत हुदैँ माथिल्लो तहका कर्मचारीलाई समेत ‘गुड मर्निङ’ गर्नुपर्ने उपभोक्ता समितिकै सदस्यहरुको गुनासो छ । अझै, ठूला योजनाहरुमा त गुणस्तरहिन काम भएपनि स्थानिय सरकारले आँखा चिम्लेको अवस्था छ । यी त केहि उदाहरण मात्र हो । खरिददेखि कार्यालय संचालनसम्ममा आर्थिक अनियमितता हुने गरेको छ । तसर्थ, स्थानिय सरकारलाई मजबुत बनाउन निगरानि बढाउन जरुरी छ । अतः राज्यको संरचनालाई बलियो बनाइराख्न निगरानि र खबरदारी आवश्यक छ ।

प्रतिक्रिया