संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गर्दा सिन्धुलीको सबैजसो स्थानीय तहको अवस्था दयनिय छ । नेपाल सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै तीनै तहमा सूचना प्रविधिको विकासकालागि ठूलो लगानी गरेको छ । स्थानीय सरकारले पनि केही हदसम्म प्रविधिमैत्रि सूचना प्रवाहलाई प्राथमिकतामा राखेर सामाजिक संजाललाई सक्रिय बनाएको छ । तर, जिल्लाका स्थानीय तहले फेसबुकलाई मात्र सूचना प्रविधि ठानेको अवस्था छ । वेभसाइट व्यवस्थापन देखि नागरिकलाई प्रविधिको माध्यमबाट सूचना प्रवाह गर्न सिन्धुलीका स्थानीय तह चुकेका छन् । सूचना अद्यावधिक देखि वेभसाइटको व्यवस्थापन र सूचनासम्म सहज पहूँचकालागि स्थानीय सरकारले वास्ता नगरेको अवस्था छ । तसर्थ, स्थानीय सरकारले सूचना प्रविधिको विकासमा लाखौँ लगानी गरेपनि उपलब्धिमूलक काम हुने नसकेको हुँदा प्रभावकारी कदम चाल्न तर्फ आवश्यक जनशक्तिको व्यवस्थापन गर्न जरुरी छ ।
सिन्धुलीका स्थानीय तहले कुनै पनिा नागरिकमैत्रि सूचना प्रकाशन तथा प्रशारण गर्नुपरे स्थानिय स्तरका संचारमाध्यमलाई प्रयोग गर्दै आएका छन् । अझ नागरिकसम्म पहँुच नभएर माध्यमलाई पनि स्थानिय सरकारले बजेट खर्च गरिरहेको छ । प्रविधिमा लगानी गर्ने हो भने नागरिकलाई सूचना प्राप्तिमा सहज हुने देखिन्छ । तसर्थ, जे जस्तो माध्यमबाट भएपनि स्थानिय सरकारले संचालन गर्ने अनुदान देखि नागरिकमैत्री कार्यक्रमको प्रचारप्रसारलाई प्राथमिकता दिन जरुरी छ । अतः जिल्लामा सूचना प्रविधिकिो प्रयोगलाई जोड दिन ढिलै भएपनि स्थानीय सरकारले आवश्यक कदम चाल्न अग्रसरता देखाउनुपर्दछ ।