शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

संभावनाको खोजी गर

बुधवार , बैशाख १२, २०८१

सिन्धुली जिल्ला प्राकृतिक सम्पदाले सम्पन्न छ । प्राकृतिक रुपमा धनी जिल्ला भएपनि नेपालीहरुले यसको उचित सदुपयोग गर्न नसकेको अवस्था छ । हुनत, हिजो हजुरवाको पालमा जंगलमा पाइने जडिबुटीबाट नै प्राण धानेको कुरा स्पष्ट नै छ । यसबाट पनि स्पष्ट हुन्छ भने – जडिबुटी नै सबैभन्दा उत्तिम औषधी हो र थियो पनि । समय परिवर्तनसँगै जडिबुटी लोपको अवस्थामा पुगेका छन् । जंगलमा त जडिबुटीहरु छन् तर तिनीहरुको प्रयोग घरासयी जीवनमा आउन सकेको छैन । अहिले त जंगलमा नै जडिबुटीहरु त्यसै खेर गइरहेको पनि देखिन्छ । डाक्टरी औषधीको बढ्दो प्रयोगले पनि यस्ता खालका जडिबुटीहरु खेर गइरहेका छन् । जडिबुटीहरुको उचित प्रयोगबाट पनि हामीलाई लाग्ने धेरै रोग निको बनाउन सकिन्छ ।

यसो हुन सकेन भनेपनि यसको ब्यापारीकरणका लागि चासो दिन आवश्यक छ । जिल्लाका केहि ठाउँहरुमा जडबुटीको ब्यवसायिक खेती शुरु हुन थालेको छ । तर, सोच अनुसार जडिबुटीको सदुपयोग हुन सकेको छैन । जडिबुटीहरुको संरक्षण गर्न आवश्यक छ । जुन प्रकारले जडिबुटीको खेती भइरहेको छ, यसमा स्थानीय सरकारहरुले सहयोग गर्न आवश्यक छ । अतः जडिबुटीको पहिचानसँगै स्थानियको आर्थिक जिवनस्तर उकास्न वन जंगलमा खेर गइरहेको औषधिलाई प्रयोगमा ल्याउन सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया