शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , बैशाख १२, २०८१

काठमाडौँ ,१२ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १२ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०६ पैसा र विक्रीदर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ०० पैसा र विक्रीदर १४६ रुपैयाँ ६५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ पैसा र विक्रीदर ८५ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र विक्रीदर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ६५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६० पैसा र विक्रीदर ८ रुपैयाँ ६४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८४ पैसा र विक्रीदर २७ रुपैयाँ ९६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २४ पैसा र विक्रीदर १२ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०३ पैसा र विक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ७७ पैसा र विक्रीदर ४३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९३ पैसा र विक्रीदर ३५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिक्रिया