सिन्धुलीमा ठेक्कामा लगाईएको सार्वजनिक संरचनाको संरक्षण नहुँदा बेवारिसे भएको छ । स्थानीय सरकारले ठेक्कामा लगाएको पार्क, हाट बजार लगायत भौतिक संरचनामा ठेकेदार कम्पनिले मनलाग्दी छेडखानी गर्दा समेत सम्बन्धित निकाय बोल्न नसकेको अवस्था छ । निश्चित रकम स्थानिय तहलाई बुझाएर ठेकेदारले व्यवसायिक प्रयोजनकालागि उपयोग गरिरहेको स्थानिय तहको संरचनामा आफुखुशी संरचना निर्माण गर्ने, स्वरुपनै बिगार्ने लगायात रेखदेख नहुँदा राज्यको लगानीमा निर्माण भएका संरचना कुरुप देखिएको छ ।
सिन्धुलीमा रहेका नौँवटा स्थानिय तहले आफू मातहतमा रहेको सम्पत्तिलाई कौडीको भाउमा ठेकेदार कम्पनीलाई सुम्पेका छन् । एक त देशमा रहेका टेन्डरको प्रक्रियाले नै राज्यलाई घाटा पु¥याइरहेको छ भने अर्कोतर्फ स्थानिय सरकारले ठेकेदारलाइ सार्वजनिक सम्पत्तिमा मनलाग्दी गर्न छुट दिँदा सम्पत्तिको संरक्षणपनि हुन नसकेको अवस्था छ । तसर्थ, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नतर्फ स्थानिय सरकार लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । त्यसैगरि, ठेक्का सुम्पिएपछि उक्त योजनाको अनुगमन गर्नतर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।