शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा किताब बोकेको ट्रक दुर्घटना

शुक्रवार , बैशाख ७, २०८१

सिन्धुली– सिन्धुलीमा बिहिबार बिहान सरकारी स्कुलको किताब बोकेको ट्रक दुर्घटना भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ भालुखोला नजिक विपी राजमार्गबाट ४५ मिटर तल ट्रक खस्दा तीनजना घाइते भएको छन् ।

काठमाडौँबाट खोटाङ हलेशी तर्फ आउदै गरेको बा ५ ख ७१४० नम्बरको ट्रक आफै अनियन्त्रित भई सुनकोशी खोलाको किनारमा खसेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्रकमा सवार तीनैजनाको अवस्था मध्यम रहेको छ । ट्रक दुर्घटना हुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ६ का ३३ वर्षिय गंगालाल तामाङको बाँया खुट्टा र टाउकोमा चोट लागेको छ । त्यस्तै, सोही ट्रकमा सवार २१ वर्षिय सन्तोष तामाङको टाउको, बाँया हात र बाँया खुट्टामा चोट लागेको छ । ट्रकमा सवार उदयपुर गढी गाउँपालिका ५ का १७ वर्षिय केशव कोईरालाको बाँया खुट्टा र बाँया आँखामा चोट लागेको प्रहरीले बताएका छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया