सिन्धुलीमा काम गरेजस्तो देखाएर दामजती गोजीमा भर्ने काम भरहेको छ । जिल्लाको स्थानिय सरकारले विभिन्न योजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र गुरुयोजना निर्माणमा बजेट सक्नेमात्र काम गरिरहेका छन् । जिल्लामा रहेका नौँवटा स्थानिय तहले एक वर्षमै झण्डै करोडौँ रुपैँया डिपिआर र गुरुयोजनाकालागि खर्च गरेका छन् । विकास आयोजनाकालागि डिपिआर र गुरुयोेजनामा जोड दिएपनि अध्ययन, अनुसन्धानमै बजेट खर्च हुँदा काम भने अघि बढ्न नसकेको अवस्था छ । खर्च गर्न सजिलो हुने भएपछि स्थानीय सरकारले खर्च गरेको देखाएरर आर्थिक अनियमितता गरिरहेका छन् । आफूनिकटका मान्छेलाई ठेक्का दिने, डिपिआर हुने तर काम नहुने लगायत विभिन्न समस्याहरु देखिदैँ आएको छ । पाँच लाखभन्दा माथिको आयोजनाका लागि डिपिआर बनाउँदा टेन्डर आह्वान गरिन्छ । त्योभन्दा कम बजेटको आयोजनामा कोटेसन माग्ने गरिएको छ । तीनवटा कोटेसन मागेर आफूनिकटका कम्पनीलाई डिपिआर निर्माणको जिम्मा दिने गरिएको छ । कतिपय स्थानीय तहले त आफ्नै कार्यालयका प्राविधिकमार्फत काम गराएर डिपिआर र गुरुयोजनाको बजेट सक्ने गरेको एक इन्जिनियरले बताए । यसरी निर्माण गरिएका डिपिआर र गुरुयोजना लागू नै हुने गरेको छैन ।
केहि काम गर्छु भनेर अध्ययन, अनुसन्धान गर्ने तर निर्माणको काम भने नहुने भएपछि बजेटको दुरुपयोग भएको सजिलै अनुमान लगाउन सकिन्छ । तसर्थ, अनावश्यक खर्चलाई घटाउदैँ नागरिकको आवश्यकताालई परिपुर्ति गर्न स्थानिय सरकार गम्भिर हुनुपर्छ ।