शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नयाँ वर्षको शुभकामना

शनिवार , बैशाख १, २०८१

आजबाट नयाँ वर्षको शुरुवात भएको छ । २०८० का तितामिठा घट्नालाई संगाल्दै २०८१ सालको आगमन भएको छ । नयाँ वर्षले नयाँ जोश, उमंग, अठोट, संकल्प र आशको चांग थप्ने गरेको छ । नकारात्मक सोच र विचारलाई तिलाञ्जली दिएर सकारात्मक सोचसहित – अघि बढ्न नयाँ वर्षले आशावान बनाउने गरेको छ ।

वैशाखको आगमनसँगै रुखविरुवाले काँचुली फेरेका छन् । रुखविरुवाले काँचुली फेरेझैँ नयाँ वर्षले सबैको नकारात्मक सोचको काँचुली फेर्ने हौसला मिल्नुपर्छ । नयाँ वर्षले नयाँ आशा पलाएको छ । २०८१ सालमा देशको विकासकालागि सबै नागरिक सचेत हुन जरुरी छ । नयाँ वर्षलाई असल कर्मको प्रेरणाको दिवसका रुपमा लिऔँ । आजको दिन, नराम्रा बानीव्यवहार त्यागेर राम्रो बानी अँगाल्ने अठोट गरौँ । देशविदेशमा रहनुहुने सम्पुर्ण देशवासीलाई नयाँ वर्षको शुभकामना !

प्रतिक्रिया