शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एमाले सिन्धुलीको अध्यक्षमा कार्की र श्रेष्ठबिच प्रतिस्पर्धा

शुक्रवार , चैत्र ३०, २०८०

सिन्धुली– नेकपा एमाले सिन्धुलीको अध्यक्षमा दुईजनाको उम्मेद्वारी दर्ता भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि नेकपा एमाले सिन्धुलीको आठौँ अधिवेशनले वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार) र कमलामाई नगर कमिटि अध्यक्ष महेन्द्र देव श्रेष्ठबिच चुनावि प्रतिस्पर्धाबाट एकजनालाई अध्यक्षमा चयन गर्नेछ । शुक्रबार (आज) बिहान ११ बजेदेखि कमलामाई नगरपालिका ५ स्थित बागवानी विकास केन्द्रमा मतदान शुरु हुने निर्वाचन अधिकृत पदम मगरले जानकारी दिनुभयो ।

त्यस्तै, उपाध्यक्षमा पुनः दोहोरिने दाउमा कर्ण बहादुर घिसिङ हुनुहुन्छ । उपाध्यक्षकालागि नेकपा एमालेको जिल्ला कमिटि उपाध्यक्ष घिसिङ र खड्गबहादुर रजन (धिरज) ले उम्मेद्वारी दर्ता गराएका छन् । सातौँ अधिवेशनले निर्विरोध सचिवमा चयन गरेको नारायण बरालले यस पटक भने चुनावि नतिजा पर्खिनुपर्ने छ । सचिवमा बराल र नवराज थिङ चुनावि प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरि, उपसचिवमा शंकर कुमार कार्की, कुमार शर्मा, राजु बराल, दिपेश बराल र टिका बहादुर देवकोटाबिच चुनावि प्रीतस्पर्धा हुनेछ । महिलातर्फ उपसिचवमा भने पार्वती भट्टराई र मिथुला कुमारी घिमिरे प्याकुरेलबिच भिडन्त हुदैँछ । अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुनेछन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया