शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सही ठाउँमा सही मान्छे नियुक्ति गर

मंगलवार , चैत्र २७, २०८०

जनसांख्यिक रुपबाट हेर्ने हो भने सिन्धुलीमा युवाहरुको हाल बाहुल्यता छ । शक्ति र सामथ्र्य उच्च रहेको त्यस्तो समूहको सही परिचालन हुन नसक्दा हजारौँको संख्यामा हाल रोजगारी खोज्दै विदेश भौँतारिन युवाहरु बाध्य भैरहेका छन् । हरेक दिनजसो सिन्धुलीबाट सयौँको संख्यामा युवाहरु कामका लागि विदेश गैरहने स्थिति राज्यका लागि समेत लाजमर्दो अवस्था हो । जिल्लामा युवाहरुको यति राम्रो उपलब्धतालाई चिन्न नसक्नु र तिनको प्रयोग र उपयोगमा सक्दो ध्यान नदिनुले नै आज ठूलो अवसर प्राप्त हुँदाहुँदै पनि त्यसबाट वञ्चित हुनुपर्ने स्थिति आएको छ, जुन समग्र देशका लागि नोक्सानदेह साबित भैरहेको छ ।

कयौँ युवाहरु अहिले पनि सीपबिनाको अवस्थामा छन्, जसको रोजगार कुनै पहुँच छैन । दिगो विकासलाई प्रवद्र्धन गर्ने हो भने सीपबिना जीवननिर्वाह गर्न खोजिरहेका युवाहरुलाई सर्वप्रथम त्यो उपलब्ध गराउनुपर्छ । विशेषगरी, प्रकृतिमैत्री सीपहरुको पहुँचमा युवाहरुको संलग्नता बढेको छैन, बढाउनुपर्छ । युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरुमा रहेको शक्ति र ऊर्जाले असम्भव प्रतीत हुने कार्यले पनि सफलता हासिल गर्छ । तसर्थ, सहि मान्छेलाई सहि ठाउँमा नियुक्ति गर्न सम्बन्धित निकाय गम्भिर हुनुपर्छ । त्यसैगरि, युवालाई शिप सिकाउदैँ रोजगारको सुनिश्चितता गर्न सरोकारवाला निकायले विशेष चासो दिनुपर्छ ।

प्रतिक्रिया