शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको सडक सुरक्षा, भगवान भरोसा

बुधवार , चैत्र २१, २०८०

सिन्धुलीमा हरेक वर्ष सडक दुर्घटनामा ठूलो संख्यामा मानविय क्षति हुने गरेको छ । पुर्वका जिल्लालाई संघीय राजधानि काठमाडौँसँग जोड्ने विपी राजमार्गदेखि मदन भण्डारी र पुष्पलाल लोकमार्गमा दैनिक हजारौँ सवारीसाधन आवातजावत गर्छन् । तर, सडक सुरक्षाकालागि तीनै तहको सरकार गम्भिर देखिदैँनन् । राजमार्गमात्र नभएर ग्रामीण र भित्रि सडकखण्डमा दुर्घटना हुँदा वर्षेनि मानविय क्षति बढिरहेको छ । सडक सुरक्षामा राज्यको संयन्त्र यति कमजोर छ कि राजमार्गसँगै जोडिएको होटल तथा पसलहरुमा एउटा कन्केभ ऐना राख्ने ल्याकत राख्दैन । घुमाउरो सडकमा ‘लेन क्रस’ गरेर होटल प्रवेश गर्दा दुर्घटनाको जोखिम बढेको छ । विपरित दिशाबाट के आईरहेको छ भन्ने भेउ नपाउँदा चालकले भगवान भरोसा सडक पार गर्नुपरिरहेको छ । यतिमात्र नभएर मानिसको भिडभाड हुने ठाउँहरुमा समेत कन्केभ ऐनाको आवश्यकता खड्किएको छ । तसर्थ, सडक सुरक्षालाई मजबुत बनाउन तीनै तहको सरकारले लगानी बढाउन जरुरी छ ।

देशभरका जिल्ला मध्ये सिन्धुली एउटा यस्तो जिल्ला हो जहाँ सडक दुर्घटनामा अधिकतम मानिसले ज्यान गुमाउनुपरिरहेको छ । मानविय त्रुटि मात्रै नभएर उपकरण र पुर्वाधारको अभावका कारण दुर्घट्ना बढेको छ । तसर्थ, जिल्लामा सडक दुर्घटना बढ्नुको पछाडि ट्राफिक प्रहरीलाई मात्र दोष दिने भन्दापनि सबैले जिम्मेवारी लिन जरुरी छ । अतः सडक सुरक्षाको सवालमा स्थानिय देखि प्रदेश र केन्द्र सरकार गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया