सिन्धुलीमा राज्यकोसंयन्त्रमाथि अनावश्यक हस्तक्षेप बढेको कर्मचारीहरुले गुनासो गरेका छन् । तीन दर्जन भन्दा बढि सरकारी कार्यालय रहेको सिन्धुलीमा जिल्लाका राजनैतिक दलको नेतृत्व, सांसद लगायत जनप्रतिनिधिले हस्तक्षेप गर्ने गरेको कर्मचारीले बताउने गरेका छन् । करारमा कर्मचारी भर्नादेखि आफुअनुकुलका व्यक्तिलाई योजना दिलाउन र कमिशनकालागि बार्गेनिङ हुने गरेको छ । यतिसम्मकि जनप्रतिनिधि र नेताहरुले जस्तो अनुसार काम नभएमासरुवा देखि बढुवामा अवरोध गर्नसमेत पछि नपर्ने थुप्रै दृष्टान्त सिन्धुलीमा छ । मुख्यतः विकासे कार्यालयमा यहाँका नेताहरुको दब्दबा बढ्दो छ । बजेट निर्माणदेखि कार्यान्वयन गर्दासम्म कर्मचारीहरुले दबाब झेल्नुपरिरहेको छ । तसर्थ, जिल्लामा रहेका सरकारी कार्यालयमा बाह्य शक्तिको हस्तक्षेप बढ्न नदिन सरोकारवाला निकायले कर्मचारीको समस्या बुझ्नजरुरी छ । त्यसैगरी, कर्मचारीले पनि नेताहरुसँग अनावश्यक सम्बन्ध बढाएर राज्यको लगानीको दुरुपयोग गर्नुहुदैँन ।
राज्यको संयन्त्र व्यवस्थित रुपमासंचालन नहुँदा सिन्धुली लगायत देशभरका जिल्लामा विकास र समृद्धि पछि परिरहेको छ । श्रोत र साधन हुदाहुदैँपनि जिल्लामा धेरै कुराको अभाव छ । सरकारी कार्यालयमा आर्थिक अनियमितता र सरोकारवाला निकायनै भाग खोज्न अघि बढ्दा राज्यको ‘सिस्टम’नै बिग्रीएको छ । तसर्थ, जिल्लामा रहेका राज्यको संयन्त्रलाईनिष्पक्ष र निर्वाध रुपमा काम अघि बढाउन दिनुपर्छ र कर्मचारीहरुको निगरानि राज्यको सम्पति सदुपयोग गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ ।