शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा खाल्टोमा डुबेर एकजनाको मृत्यु

शनिवार , चैत्र १७, २०८०

सिन्धुली– सिन्धुलीमा पानी जम्मा गरेर राखेको खाल्टोमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ स्थित सुंगुरेमा शुक्रबार दिउँसो सिचाईको लागी पानी जम्मा गर्न खनिएको खाल्टोमा डुबेर महना श्रेष्ठको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) रबि कुमार पौडेलले जानकारी दिनुभयो ।

चन्द्र बहादुर श्रेष्ठको १३ वर्षिय छोरी महनाको नुहाउने क्रममा घर नजिकै रहेको हिउँदमा सिचाईको लागी खनिएको खाल्टोमा अचानक डुवी बेहोस अवस्थामा फेला परेको स्थानियले बताएका छन् । स्थानियले तत्काल उद्धार गरी उपचारकोलागी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको एसएसपी पौडेलले बताउनुभयो । मृतक बालिकाको शव अस्पतालमै रहेको एसएसपी पौडेलले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया