शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नजिकको सरकारलाई बलियो बनाऊ

मंगलवार , चैत्र १३, २०८०

देशमा रहेको तीन सरकार मध्य स्थानीय सरकारमा चरम आर्थिक अनियमितता, भ्रष्टाचार र कुशासन फैलिदैँ गएको छ । स्थानीय तहहरु जनताप्रति कम जिम्मेवार भएको र स्थानीय तहलाई दुहुनो गाई बनाएको आरोप लाग्दै आएको छ । स्थानीय सरकारमा देखिएको बेथितिले जनतामा निराश बनाएको छ । तर, केहि स्थानीय तहले उदाहरणीय कामपनि गरेका छन् । स्थानीय तह भनेको सिधै नागरिकहरुको जीवनसँग सरोकार राख्ने निकाय हो । प्रत्येक दिन नगरपालिका÷गाउँपालिका÷वडाको कार्यालयमा पुगेर सेवा लिने ठाउँ अझै प्रतिस्पर्धी हुन आवश्यक छ । सेवा प्रवाहको सवालमा जति स्थानीय तहहरुका बीचमा प्रतिस्प्रर्धा हुन्छ उत्ति नै सेवाग्राहीहरुलाई पनि फाइदा हुनेछ र स्थानीय तहहरुको कार्य सम्पादन पनि बढ्नेछ । त्यसैले पनि सेवा प्रवाहमा प्रतिस्प्रर्धा हुन आवश्यक छ ।

भ्रष्टचार र अनियमितता जस्ता विषयमा त प्रतिस्प्रर्धा हुने कुरै भएन, तरपनि सिन्धुलीका केहि स्थानीय तहहरु अझै पनि यही कुराले बद्नाम छन् । तसर्थ, नजिकको सरकारलाई बलियो बनाउन राजनैतिक दलदेखि नागरिकले निगरानि बढाउन जरुरी छ । अतः स्थानीय सरकारका कर्मचारी र जनप्रतिनिधिले आफूहरु शासक होइनन्, जनताको सेवक हो भन्ने बुझ्नुपर्छ ।

प्रतिक्रिया