शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मर्यादित भएर होली मनाऔँ

आइतवार , चैत्र ११, २०८०

वसन्त ऋतुको आगमनको स्वागत गर्दै मनाइने सनातन, हिन्दु धर्मावलम्बीको महान् पर्व हो होली । वसन्त ऋतुको स्वागतमा हर्ष, उल्लास र उमंग छर्दै एकअर्कामा अविर दलेर होली पर्व मनाइन्छ । एकअर्काप्रतिको सम्मान, बन्धुत्वको पर्व र रंग, अविरसहितको रंगीन पर्व हो होली । हिजोआज यसमा विकृति आएर कुरूप हुन थालेको छ होली । रंग, अविरसहित हर्ष, उल्लासपूर्वक मनाइने होलीमा विकृति जडिएर अश्लिलता र हिंसाको पर्व हुन थालेको छ हिजोआज होली । यसको महत्व, सान्दर्भिकतालाई बुझेर पर्व मनाउनु अब एक चुनौती नै बनेको छ ।

होली मनाउने क्रममा सामाजिक, सांस्कृतिक मूल्य–मान्यता विपरीतका क्रियाकलाप बढ्दो । होलीमा जथाभावी लोला हान्ने, फोहोर पानी छ्याप्ने, अपरिचित व्यक्तिलाई र कसैको इच्छाविपरीत रंग दल्ने, अरुलाई असर गर्ने गरी सार्वजनिक स्थानमा चर्को स्वरमा डिजे वा माइक बजाउने, मादक पदार्थ तथा लागुपदार्थ सेवन गर्ने, अश्लील गीत गाउने वा बजाउनेजस्ता अमर्यादित क्रियाकलाप बढ्दो छ । अमर्यादित एवं अराजक गतिविधिले होली पर्वको मौलिकता र महत्वलाई विकृत पारेको छ । यी विकृतिलाई हटाएर शिष्ट र सभ्य ढंगले होली मनाउने हो भने मात्र हाम्रो संस्कृति जीवित रहन्छ । संस्कृति जीवित नरहने हो भने पहिचान मेटिन्छ भन्ने कुरालाई हेक्का राख्दै शिष्टतापूर्वक उल्लासमय ढंगले होली मनाउन सबैको उत्तिकै सहभागिताको आवश्यक छ । महान पर्व होलीको सबैमा शुभकामना ।

 

प्रतिक्रिया