शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा दन्त शिविरमा ५५ जनाको दाँत झारियो

आइतवार , चैत्र ४, २०८०

नोटः यो सांकेतिक तस्बिर हो । २०२४ साल, संखुवासभा जिल्लाको चैनपुरमा पिसकोर स्वयंसेवक बिल ह्यान्सनको सामान बोकेर सँगै हिंडेका एक भरियालाई बाटोमा दाँत दुखाइले ज्यादै समस्यामा पारेछ, उनि यति पिडामा डुबेकी जसरी पनि दाँत निकाल्नै पर्ने भयोे । संयोगले बाटोमा हिँडिरहेका अर्का भरिया भेटिए, दाँतका बिरामीले आफ्नो दुखेको दाँत झिक्न अर्का भरियासँग सहयोगको याचना गरे, अनि त्यहाँ कसैले पेन्चिस उपलब्ध गराइदियो, बिरामीलाई गुन्द्रीमा पलेटी मारेर बस्न लगाइयो अनि सुरू भयो दाँत निकाल्ने काम...।

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय, पानीट्यांकीमा निःशुल्क दन्त शिविर सकिएको छ । दन्त शिविरमा एक सय ७० जनाले सेवा लिएको रोटर्याक्ट क्लब अफ सिन्धुलीगढीका सचिव नविन देवकोटाले बताउनुभयो । रोटर्याक्ट क्लब अफ सिन्धुलीगढी र रोटर्याक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेजको संयुक्त आयोजनामा समपनन शिविरमा ५५ जनाको किरा लागि हल्लिएको दाँत फुकालिएको छ भने ३५ जनाको दाँत भरिएको देवकोटाले बताउनुभयो । त्यस्तै ८० जनाको स्क्रिनिङ गरि सिन्धुली अस्पतालमा रिफर गरिएको छ । गाउँमा निःशुल्क दन्त शिविर चल्दा स्थानीय निकै उत्साहित थिए । दन्त शिविरले स्थानीयको दाँतको उपचार मात्र भएन, देवकोटाले भन्नुभयो,‘सेवाग्राहीले दाँतको सुरक्षा कसरी गर्ने भन्ने जानकारी पनि पाए ।’ ‘दाँतले शारीरिक स्वास्थ्यमा जति महत्वपूर्ण भुमिका खेलेको हुन्छ, यसको महत्व सौन्दर्य र व्यक्तित्वमा पनि अभिन्न रुपले जोडिएको छ । दाँत बलियो भएमात्र समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ । तर, दाँत नदुखेसम्म वा समस्या नआउँदासम्म हामीले दाँतको बारेमा खासै ध्यान दिँदैनौँ’, उहाँले भन्नुभयो, ‘शिविरमा दाँतको सुरक्षाका विषयमा पनि जानकारी दिईएको छ ।’

शिविरमा कान्तिपुर डेन्टल कलेजका विद्यार्थी र स्थानीय स्वास्थ्यकर्मीले उपचार सेवा दिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया