शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नागरिकलाई सुसुचित गर

बिहिवार , चैत्र १, २०८०

पछिल्ला दिनमा सिन्धुलीमा पूर्वसूचना नै नदिई विद्युत काटिने क्रम बढेपछि उपभोक्ताहरु हैरान भएका छन् । अघोषित रुपमा हप्तौँदेखि विद्युत कटौति भइहरदा जिल्लामा विद्युत आपुर्तिकालागि प्रत्यक्ष सरोकार राख्ने विद्युत प्राधिकरणको सिन्धुली वितरण केन्द्रप्रति उपभोक्ता आक्रोशित बनेका छन् । अघोषित रुपमा झ्याप्प–झ्याप्प लाइन काटिने समस्या बढ्दै गएपनि जिल्लाका सरोकारवाला निकाय मौन देखिएका छन् । विद्युत सेवाको नियमनकारी निकाय ‘विद्युत नियमन आयोग’ छ । स्थानिय प्रशासनले सिन्धुलीमा देखिएको उर्जा समस्याका बारेमा नियमनकारी निकायलाई ताकेता नगर्दा जिल्लावासि अभिभावबिहिन भएका छन् । सिन्धुलीमा अनियमित विद्युत कटौतिको समस्या नौँलो होइन । प्राविधिक कारणले विद्युत आपूर्तिमा समस्या देखिनु स्वभाविक हो । तर, नियमित रुपमा विद्युत कटौति हुँदा उपभोक्ताहरुले शंका व्यक्त गरेका छन् । तसर्थ, जिल्लामा देखिएको विद्युत कटौतिको दिर्घकालिन समस्याको समाधान गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

जिल्लामा विद्युत आपूर्तिको समस्याले जरा गाडेपनि सरोकारवाला निकाय मुकदर्शक भएर बसेको अवस्था छ । उपभोक्ताको समस्यालाई गम्भीरताका साथ लिएर जिम्मेवारी पूरा गर्न सिन्धुली वितरण केन्द्रले विशेष जोड दिन आवश्यक छ । अतः जिल्लामा नियमित विधुत सेवा आपुर्ती समस्याको समाधानको लागि स्थानिय प्रशासनको रोहवरमा विद्युत प्राधिकरण वितरण केन्द्र र रोकारवाला निकायबिच गहन छलफल हुन जरुरी छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया