सिन्धुलीमा प्रभावकारी ढंगमा योजनाको अनुगमन गर्ने भन्दापनि देखावटीकालागि अनुगमन भइरहेको छ । मुख्यतः सामाजिक संजाल रंगाउनैकालागि जनप्रतिनिधि अनुगमन गरिरहेको स्थानियले महशुश गरेका छन् । प्राविधिक बिना योजना अनुुगमनमा निस्किदा जनप्रतिनिधि हाँसोको पात्र बनिरहेका छन् । आफैँ इन्जिनियर जस्तो गरेर योजनाको अनुगमनमा दौडिनुको सट्टा प्राविधिकलाई लिएर योजना अनुगमन गर्नु उत्तम हुन्छ । त्यस्तै, जिल्लामाा आयोजनाहरुको शिलान्यास र उदघाटनकालागि अघि बढ्ने जनप्रतिनिधिलिे अनुगमनमा भने चासो नदेखाएको अवस्था छ । आयोजनाको शिलान्यास गर्न अग्रपंक्तिमा देखिने जनप्रतिनिधिले त्यसपछि निर्माण अवधिसम्म फर्केरपनि उक्त आयोजनालाई नहेर्ने गरेको स्थानियको गुनासो छ । जिल्लामा संघ, प्रदेश र स्थानिय तहले वर्षेनि पुर्वाधार निर्माणमा अर्बौँ लागनी गरिरहेका छन् ।
जिल्लाका केहि विकासे कार्यालयले मिलेमत्तोमा ठेक्का सुम्पिने गरेको समेत व्यवसायीले गुनासो गरेका छन् । बोलपत्र आह्वान गर्दा आफू अनुकुलका फर्मलाई पायक पर्ने गरि कार्यालयले मापदण्ड बनाउने गरेको केहि व्यवसायीले आरोप लगाएका छन् । त्यस्तै, निर्माण कम्पनिको प्रलोभनमा परि गुणस्तरहिन काम देख्दादेख्दै सरकारी संयन्त्रले आँखा चिम्लने गरेको दोष लागेको छ । तसर्थ, जिल्लामा संचालित विभिन्न योजनाहरुको अनुगमन गर्नतर्फ जनप्रतिनिधि, जिल्ला प्रशासन लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । शिलान्यास र उदघाटनमा रमाउने शरिरलाई अनुगमन र निगरानितर्फ डोराउन कसरत गर्नुपर्ने आवश्यकता छ । अतः सामाजिक संजालमा अनुगमन गरेको भन्दै प्रचारबाजि गर्नेभन्दापनि दक्ष जनशक्तिलाई लिएर अनुगमन गर्दै प्रचारबाजि गर्नु उपयुक्त हुने देखिन्छ ।