शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

डढेलोको जोखिमलाई नगरअन्दाज नगर

आइतवार , फाल्गुण २७, २०८०

हावाहुरी र सुक्खा मौसम शुरु भएसँगै सिन्धुलीका वन, जंगलमा डढेलो लाग्न शुरु भइसकेको छ । जिल्लामा मानवीय लापरबाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जंगलमा डढेलोको जोखिम बढेको हो । हरेक वर्ष जिल्लाका वनहरु आगोको चपेटामा परेका छन् । देशकै ७७ जिल्ला मध्य सिन्धुलीका वन, जंगलमा बढि आगलागी हुने गरेको विभिन्न तथ्यांकले देखाउाछ । गोठालाले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलो लागेको पाइएको छ । भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौती छ । तसर्थ, हावाहुरी र सुक्खा मौसम पूर्णरुपले सक्रिय हुनु अगावै जिल्लाका स्थानिय तह, सुरक्षा निकाय लगायत सरोकारवाला निकायले वन डढेलो नियन्त्रण र सावधानिकालागि बृहत गुरुयोजना बनाएर अघि बढ्न जरुरी छ ।

वर्षेनि सिन्धुलीमा वन डढेलोले बृहत क्षति पुर्‍याईरहेको छ । विगत केहि दिनयता केहि जंगलमा डढेलो लागेपनि आगामी दिनमा विकराल अवस्था लिने देखिन्छ । तसर्थ, मानविय त्रुटिले होस् वा जानीजानी हुने आगलागी नियन्त्रणकालागि जिम्मेवार निकायले पुर्वतयारी गर्न आवश्यक छ । अतः वन डढेलोको जोखिमलाई नजरअन्दाज गर्ने भन्दापनि कसरी सामना र समाधान गर्नेतर्फ सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।

प्रतिक्रिया