शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

परनिर्भर नबन

बुधवार , फाल्गुण २३, २०८०

सिन्धुलीका स्थानीय सरकार केन्द्र र प्रदेश सरकारसँग निर्भर छन् । आन्तरिक आय आर्जनको पर्याप्त श्रोत हुँदाहुँदै पनि जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानी निकै कम छ । कृषि, पर्यटन – लगायत उद्योगको प्रचुर संभावना भएपनि जिल्लाका स्थानीय सरकारले त्यसतर्फ वास्ता नगरेको अवस्था छ । स्थानीय तहले आन्तरिक श्रोतलाई कौडीको भाउमा निश्चित व्यक्ति र फर्मलाई सुम्पिदा संघ र प्रदेशसँग निर्भर हुनुको विकल्प छैन । तसर्थ, स्थानीय सरकारलाई मजबुत बनाउन आन्तरिक श्रोतको चुहावट हुन नदिन सम्बन्धित निकाय गम्भीर हुन जरूरी छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले आफैँले कृषि क्षेत्रमा लगानी गरेर आयआर्जन गरिरहेको छ । तरकारी, फलफुल,फुल लगायत कृषिजन्य सामाग्री उत्पादन गर्दै गाउँपालिकाले कृषकलाई आकर्षित सँगै आन्तरिक आम्दानी गरिरहेको छ । तसर्थ, सथानिय तहलाई मजबुत बनाउन उपलब्ध श्रोत, साधनको भरपुर उपयोग गर्नतर्फ सम्बन्धित निकाय चनाखो हुन जरूरी छ । अतः स्थानीय सरकारलाई आर्थिक सम्पन्न बनाउन जनप्रतिनिधि दुर्दर्शि सहित कर्मचारी सहयोगी हुनुपर्दछ

सम्बन्धित विषय:

प्रतिक्रिया