शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपभोक्तालाई ठगिन नदेऊ

आइतवार , फाल्गुण २०, २०८०

सिन्धुलीका उपभोक्ताले हरेक वस्तुमा चर्को शुल्क तिर्नुपरिरहेको छ । बजारमा तोकिएको भाउ भन्दा बढि लिएर विक्री गर्ने व्यपारीको कुनै कमि छैन । त्यसैगरि, उपभोक्तालाई मारमा पार्नकोलागि केहि व्यापारीले नापतौलमा समेत घोटाला गरेको समाचारहरु आउने गरेको छ । दैनिक उपभोग हुने वस्तु देखि विलासिका सामानहरुमा समेत उपभोक्ताहरु ठगिनु परेको छ । नियमनकारी निकायले चाडपर्वमा मात्र अनुगमनलाई प्राथमिकता दिएको उपभोक्ताको गुनासो छ । दिनहुँ जसो उपभोक्ताहरु ठगिदा पनि जिम्मेवार निकायले कुनै कदम चाल्न नसक्नु कालोबजारी र ठगिलाई प्रोत्साहन गर्नु हो ।

मापदण्ड पुरा नगरि सामानको खरिद विक्री गर्ने व्यपारीको संख्या बढ्दै गएको छ । सर्वप्रथम त, ठगि गर्ने ठूला व्यपारीहरुलाई सम्बन्धित निकायले कार्वाही गर्नुपर्छ । यसो हुन सक्यो भने मात्र पनि ठगिको नियत बोकेका व्यपारी हतोत्साहि हुनेछन् । उपभोक्ताको अधिकारको संरक्षण गर्ने दायित्व बोकेको निकायले उनीहरुको अधिकार हनन हुन दिनुहुदैँन । त्यसैले पनि जिम्मेवार निकायले बजारको अनुगमनमा सक्रियता देखाउन आवश्यक छ । देश संघियतामा गएसँगै अनुगमनको दायित्व बोकेका स्थानिय सरकारले आफ्नो कर्तव्यबाट नपन्छि उपभोक्ताको अधिकारको संरक्षण गर्नतर्फ विशेष चासो देखाउन जरुरी छ ।

 

प्रतिक्रिया