सिन्धुलीमा सार्वजनिक एवं सरकारी जग्गाको अतिक्रमण बढ्दो छ । जिल्लाको नौँवटै स्थानिय तहमा सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण भइरहेको छ । वन, खोला, मठमन्दिर लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएको भनेर भुमाफियाले सरकारी एवं सार्वजनिक जग्गामा कब्जा जमाएर बसेको अवस्था छ । जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमै जग्गा अतिक्रमण बढिरहेको स्थानियले गुनासो गरेका छन् । यतिसम्मकी राज्यकै संयन्त्रले नम्बरी जग्गा अतिक्रमण गरेको आरोप लागेको छ । जिल्लाको १ नम्बर बजार, २ नम्बर बजार, मधुटार हुदैँ बग्ने ग्वाङखोलाको धारनै परिवर्तन गरि नम्बरी जग्गा अतिक्रमण गर्न राज्यको संयन्त्र लागिपरेको जग्गाधनिले गुनासो गरेका छन् । शनिबारे हाटबजारको संरचना बनाएर ग्वाङ खोलाको जग्गा अतिक्रमण भइरहदा समेत सरोकारवाला निकाय मौन बसेको अवस्था छ । तसर्थ, जग्गा अतिक्रमणलाई निरुत्साहित गर्न जिम्मेवार निकायले निगरानिसँगै खबरदारी गर्नतर्फ विशेष ध्यान दिन जरुरी छ ।
गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएपछि सिन्धुलीका स्थानियले अतिक्रमित जग्गा फिर्ता हुने अपेक्षा गरेका छन् । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ । तसर्थ, सिन्धुलीमा जग्गा अतिक्रमण बढिरहेको हुँदा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मन्त्रालयको निर्देशनलाई गम्भिरतापुर्वक पालना गर्त जरुरी छ । अतः सरकारी एवं सार्वजनिक जग्गाको अतिक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गम्भिर भएर आफ्नो भुमिकता निभाउन आवश्यक छ ।