सिन्धुलीको तीनपाटन गाउँपालिकामा एकजना स्थानियलाई मरणासन्न हुनेगरि कुटपिट भएको घट्ना सार्वजनिक भएको छ । घरको तल आएर हल्ला गरेको भन्दै सोझा स्थानियलाई आईसियुमा भर्ना हुने – गरि हतियार प्रहार भएको स्थानियले बताएका छन् । रातको समयमा होहल्ला गर्नु ठिक होइन । तर, घरछेऊमै रहेको बाटो हुँदै हिड्नेक्रममा चर्को आवाजमा बोलेको भन्दै मरणासन्न हुनेगरि कुटपिट हुनु दुःखद विषय हो । अराजक प्रवृद्धिका मानिसले सधैँ समाजको शान्ति र सद्भाव खल्बलाउने गर्दछ ।
सामान्य छलफलबाट समाधान हुने विषयमा हतियारनै प्रयोग गरि कुटपिटमा उत्रनु अराजकताको हद हो । तसर्थ, उक्त घट्नाको छानबिन र अनुसन्धान गरि दोषिलाइ कार्वाही गर्नतर्फ सम्बन्धित निकायले कुनै कमजोरी छोड्नुहुदैँन । गाउँमा चहलपहल दिने व्यक्तिले सोझा स्थानियलाई कुटपिट गर्दा राजनैतिक दलका नेताले चासो देखाउनु स्वभाविक हो । तर, भोट वा नजिकका व्यक्ति भन्दैमा दोषिलाई संरक्षण गर्नतर्फ लाग्नु गैरजिम्मेवारीपनको हद हो । त्यसैले, तीनपाटन गाउँपालिकामा भएको घट्नाको सत्य, तथ्य छानविन गरि दोषिलाई यथाशिघ्र नियन्त्रणमा लिएर कानुनि कार्वाही अघि बढाउन सम्बन्धित निकायले चासो देखाउनुपर्छ । अन्यथा, आगामी दिनमा यस्ता प्रवृद्धिले प्रश्रय नपाउँला भन्न सकिन्न । र, यो देश सोझा नागरिकको पनि हो भन्ने सन्देश दिनेगरि छानबिन गर्न सम्बन्धित निकायलाई जाँगर चलोस्, शुभकामना !