शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बेतिथि मौलाउन नदेऊ

आइतवार , फाल्गुण ६, २०८०

संघियताले गाउँघरमा सिंहदरबारको शक्ति पुगेपनि बेथिति झनै बढिरहेको छ । स्थानीय तह स्थापना भएको समय बढ्दै जाँदा र स्थानीय सरकार अधिकार सम्पन्न बनिरहँदा पालिकाहरुमा बेतिथिहरु बढ्न थालेका छन् । स्थानीय तहमा बढेका बेतिथि र गरेका कर्तुतहरु क्रमिकरुपमा विभिन्न माध्यमबाट सार्वजनिक भइरहेका छन् । विभिन्न क्षेत्रगत अधिकार स्थानीय तहमा गएपछि स्थानीय अधिकारी र जनप्रतिनिधिहरुले नियम र प्रावधानलाई उल्लंघगन गर्दै बेतिथि निम्त्याइरहेको देखिएको छ ।

कर्मचारीहरुले गलत गरेमा जनप्रतिनिधिहरुले नियमन गर्नुपर्नेमा अझ बेतिथिमा साथ दिनु राम्रो संकेत पनि मानिदैन । यस्तो स्थानीय तहमा देखिएको बेतिथिलाई सबै मिलेर नियमन गर्न जरुरी देखिन्छ । आफन्त र नजिकका नातेदारलाई राज्यको सेवा, सुविधा बाँड्न तत्पर देखिने जनप्रतिनिधिले लक्षित वर्गलाई भने नजरअन्दाज गरेको अवस्था छ । आफ्नो अधिकारलाई स्थानीय तहले दुरुपयोग होइन सदुपयोग गर्नतर्फ जानुपर्छ । स्थानीय सरकार आफ्ना र टाठाबाठाका लागि मात्र नभएर समग्र जनताको हितमा उभिनु पर्छ । बेतिथि हैन तिथिको शासन स्थानीय तहमा कायम हुनुपर्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया