शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा कर्मचारी सधैँ जनप्रतिनिधिको पछि लाग्नुपर्ने हो र ?

बिहिवार , पौष २६, २०८०

सिन्धुलीमा सरकारी कर्मचारीले जनप्रतिनिधिको पिछा नछोड्दा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । जनप्रतिनिधि र कर्मचारीबिचको घनिष्ठताले सेवाग्राहीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव परिरहेको छ । विशेषगरि, जिल्लाका स्थानिय तहमा जनप्रतिनिधिसँगै हरेक कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिले स्थानिय सरकार संचालनमा समस्या देखिएको हो । घण्टौँ हिँडेर सेवा लिन आएका सेवाग्राहीले कार्यालयमा कर्मचारी नदेख्दा स्थानिय सरकारलाई सराप्नेबाहेक विकल्प नरहेको सेवाग्राहीको गुनासो छ ।

कर्मचारीको आवश्यकतानै नरहेको कार्यक्रममा समेत कर्मचारीले उपस्थिति जनाउदाँ कार्यालयको काम लथालिंग हुने गरेको अन्य कर्मचारीले आरोप लगाएका छन् । कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर हुनुपर्छ । तर, हद भन्दा माथि गएर अख्तियारनै दुरुपयोग हुनेगरि निकटता कायम गर्नु राज्यकैलागि नोक्सानि हो । तसर्थ, जिल्लामा रहेका सरकारी कर्मचारीलाई आफ्नो सिमा देखाउन सम्बन्धित निकाय गम्भिर हुनुपर्छ । अन्यथा, आगामी दिनमा आर्थिक अनियमितता र कुशासनको पराकाष्ठ नाघ्ने छ । अतः कर्मचारीले सधैँ जनप्रतिनिधिको चाप्लुसि गर्नेभन्दापनि आफूले पाएको अख्तियारी निभाउनतर्फ गम्भिर हुन जरुरी छ । अतः कर्मचारीतन्त्रलाई सुदृढ र सफल बनाउन सरोकारवाला निकायले निगरानिसँगै सचेत गराउन कुनै कञ्जुस्याईँ गर्नुहुदैँन ।

 

प्रतिक्रिया