शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ठेक्का सम्झौतामा लचिलो बन

बुधवार , पौष २५, २०८०

चालु आर्थिक वर्ष २०८०/०८१ को आधा समय बितिसक्दापनि सिन्धुलीका स्थानिय तहले केहि योजनाहरुको ठेक्का लगाउन सकिरहेको छैन । मूल्यमा फेरबदल, आर्थिक मन्दि, समयानुकुल दररेट कायम नहुँदा लगायत कार्यालयको आन्तरिक समस्याका कारण जिल्लाका स्थानिय तहले दर्जनौँ आन्तरिक ठेक्का सम्झौता गर्न सकिरहेको छैन । जिल्लाका केहि स्थानिय तहमा कोठा भाडा, नदिजन्य पदार्थ उत्खनन् लगायत विविध योजनाहरुको ठेक्का अहिलेसम्मपनि लाग्न सकेको छैन । ठेक्का सम्झौता नहुँदा स्थानिय सरकराले आन्तरिक आय गुमाइरहेको छ । एकतर्फ न्युनतम आन्तरिक श्रोत र अर्कोतर्फ उपलब्ध श्रोत, साधनबाट समेत राजश्व संकलन नहुँदा स्थानिय सरकार कमजोर बनिरहेको छ । तसर्थ, जिल्लाका स्थानिय तहले ठेक्का सम्झौतामा थप लचिलो बनेर राजश्व संकलनको ढोका खोल्न जरुरी छ ।

केहि स्थानिय तहले चालु आर्थिक वर्षकालागि भन्दै छ महिनाकालागि मात्रै एक वर्षको रेटमा बोलपत्र आह्वान गरिरहेका छन् । बोलपत्रदाताले स्थानिय तहको सम्पत्ति छ महिना प्रयोग गर्दा एक वर्षको भाडा तिर्नुपर्ने बाध्यात्मक अवस्थालाई नकार्दा ठेक्का सम्झौता भएको छैन । तसर्थ, चालु आर्थिक वर्षको छ महिना बितिसकेको अवस्थामा ती योजनाहरुको ठेक्का लगाउन स्थानिय सरकारले फराकिलो भएर सोच्न जरुरी छ । अतः राज्यको श्रोत, साधनबाट उचित लाभ लिनकालागि राज्यको संयन्त्रले विकल्प खोज्न कञ्जुस्याईँ गर्नुहुदैँन ।

प्रतिक्रिया