आगामी पुष २७ गतेदेखि सिन्धुलीमाढीमा आयोजना हुन लागेको फुड फेस्टिबलको विवादले युवाप्रति नेतृत्वको अंकुशलाई देखाएको छ । सिन्धुली उद्योग वाणिज्य संघले व्यवसायीक महोत्सव शुरु भएमा आन्दोलन गर्ने धम्कीपुर्ण चेतावनि दिएसँगै युवामा निराशा छाएको छ । युवाको गल्ति र कमजोरीलाई नेतृत्वले हतियार सम्झिएर अवरोध सिर्जना गर्नु अपरिपक्वताको हद हो । युवाले सरोकारवाला निकायसँग समन्वय नै नगरि बृहत कार्यक्रमको आयोजना गर्न खोज्नुमा युवाहरुको कमजोरी छ । तर, नेतृत्वले सोहि विषयलाई लिएर युवालाई हतोत्साहित पार्ने गरि विरोधमा उत्रनु अस्वभाविक देखिन्छ । व्यावसायिक महोत्सव गर्ने एकल अधिकार उद्योग वाणिज्य संघसँग मात्रै छैन । अन्य निजि कम्पनिले पनि नियमपुर्वक मेला, महोत्सव आयोजना गर्न सक्छन् ।
र, अहिलेको अवस्थामा महोत्सव आयोजना हुदैँहुनुहुदैँन भन्नु गलत हो । व्यावसायिक महोत्सवबाट स्थानिय व्यावसायिलाई लाभान्वित हुनेगरि कार्ययोजना बढाउन युवाहरु चुकेकै हुन् । त्यस्तै, संघले व्यावसायिक महोत्सवको एकल अधिकार आफूसँग मात्रै रहेको हक जताउदैँ अन्य विषयलाई देखाएर जसरीपनि महोत्सवमा बाधा सिर्जना गर्दा नेतृत्व कच्चा देखिएकै हो । जोजसको कमजोरी भएपनि व्यावसायी लाभान्वित हुने गरि उद्योग वाणिज्य संघले महोत्सवलाई भव्य बनाउन युवालाई समर्थन गर्न जरुरी छ ।
आर्थिक मन्दिको बेला जिल्लाका व्यावसायीहरुको व्यापार, व्यवसाय नै धरासय पारेर महोत्सव आयोजना हुनुहुदैँन । देशले खुल्ला व्यापारको निति लिएपनि स्थानिय व्यावसायीलाई उच्च प्राथमिकतामा राखेर जिल्लको समग्र उद्योग वाणिज्य क्षेत्रको प्रबद्र्धन गर्नेगरि महोत्सव संचालन गर्न नेतृत्वले युवालाई प्रोत्साहन गर्न जरुरी छ । त्यस्तै, महोत्सवलाई पारदर्शि बनाउन युवाको समूहलाई मार्गदर्शन दिदैँ साथ, सहयोग गर्न सरोकारावाला निकाय सचेत हुनुपर्दछ । अतः युवालाई अघि बढाउन जिल्लाका सरोकारवाला निकायले कुनैपनि कञ्जुस्याईँ गर्नुहुदैँन ।