शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अनुदानको दुरुपयोग रोक

शुक्रवार , पौष २०, २०८०

सिन्धुलीमा अनुदानको नाममा राज्यको ढुकुटिको दुरुपयोग भइरहेको छ । कृषि प्रधान देशका रुपमा चिनिने नेपाल अझै कृषीमा आत्मनिर्भर बन्न सकेको छैन । प्रत्येक बर्ष नेपालले अर्वाैका कृषिजन्य वस्तुहरु – विदेशबाट आयात गरिरहेको छ । कृषिकै नामबाट चिनिएको देश कृषिमै आत्मनिर्भर बन्न नसक्नु दुःखको कुरा हो ।

कृषि कार्य गर्ने किसानलाई अनुदान दिने कुरामा सरकार अग्रसर छ, तर अनुदान दिएका कृषकहरुले कृषि कार्य गरेको छ/छैन भन्ने कुराको अनुगमन गर्ने कार्यमा चुकेको छ । अनुदानले मात्रै किसानलाई कृषि कार्य गर्न अभिप्रेरित गर्दछ भन्ने सरकारको भ्रामक दृष्टिकोणले नै अहिले कृषि कार्य गर्ने खास किसानहरु सुक्दै गईरहेका छन र अनुदानमुखी किसानहरुको जन्म भैरहेको छ । सरकारले किसानलाई भनेर प्रत्येक वर्ष अनुदान दिन्छ, तर अनुदान दिँदा र अनुदान दिईसकेपछि अनुगमन नहुँदा कृषि कर्म गर्ने किसान भन्दा झोले किसानले त्यसको फाईदा उठाईरहेका छन ।

योजना बनाएर मात्रै नभई उक्त योजनालाई व्यवहारमा लागु गर्न सक्नुपर्दछ । बजारको अभावका कारण बारीमा फलेको उत्पादन कुहिँदा किसानहरुले भोग्नुपरेको पिडा कम गर्न, किसानहरुलाई समयमै मल तथा विउविजन उत्पादन गराउन सके देश केही वर्षभित्रै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने कुरामा दुई मत छैन । कृषिलाई अनुदानमुखी मात्रै नबनाई कार्यमुखी बनाउने कुरामा अब सरकार चुक्न हुदैन । अतः कृषि क्षेत्रको बृहत विकासमा सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया