सिन्धुलीका जनप्रतिनिधि लगायत राजनैतिक दलले सुशासन शब्द जतिनै उच्चारण गरेपनि सुशासनकालागि निर्मम भएर अघि बढ्न सकिरहेका छैनन् । स्थानिय श्रोत, साधनमाथि एकल हक जमाएर भईपरि आउने राजनैतिक समस्याको समाधानकालागि पहुँचवाला र नेतृत्वमा रहेकालेनै अकुत सम्पत्ति आर्जन गरिरहेका छन् । जिल्लामा कानुनको धज्जी उडाएर गैरकानुनि कार्य भइरहेको छ । स्थानिय सरकारको कार्यालयदेखि सरकारी कार्यालयसम्म बेथितिको चांगनै छ । कार्यालय प्रमुख लगायत जिम्मेवारीमा रहेका कर्मचारीले जनप्रतिनिधिलाई आफ्नो इशारामा घुमाईरहेका छन् । जिल्लामा पहुँचवालाकालागि कानुन उल्लंघन गर्नु सामान्य जस्तै भएको छ । राज्यको संयन्त्रमा पहुँच र हिमचिम बढाएर गैरकानुनि कार्य हुँदा समेत नियमनकारी मौन बस्ने गरेको छ । नदि दोहनदेखि अवैद्य ढंगबाट प्राकृतिक श्रोत, साधनको दुरुपयोग भएको छ । देशको प्राकृति सम्पदामा राज्यले भन्दा निश्चित व्यक्ति र समूहले हक जमाएर बसेको अवस्था छ ।
तसर्थ, जिल्लामा सुशासनको नाममा हुने कुशासन अन्त्य गर्न राजनैतिक दल, पत्रकार, नागरिक समाज लगायत सरोकारवाला निकाय गम्भिर हुन आवशयक छ । अतः जिल्लामा अवैद्य क्रियाकलापलाई दुरुत्साहित गर्न नियमनकारी निकाय निर्मम हुन जरुरी छ ।