शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सामाजिक सदभाव कायम राखौ

आइतवार , पौष १५, २०८०

पछिल्लो समय सिन्धुलीमा सामाजिक सद्भाव खल्बलाउने घट्नाहरु सार्वजनिक भइरहेका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आफ्नै बुबाको हत्यामा छोरा संलग्न, कमलामाई नगरपालिका ४ स्थित च्याउकोट डाँडामा निर्माण गरिएको थ्रीडि लाइट तोडफोड लगायत दर्जनौँ घट्नाले जिल्लामा अराजकताले प्रश्रय पाएको बुझ्न सकिन्छ । सामाजिक विकासका नाममा सिन्धुलीमा राज्य र निजि क्षेत्रले व्यापक लगानी गरिरहेका छन् । हरेक दिनजसो गैरसरकरी संघ, संस्था, सरकारको संयन्त्र लगायत अन्तर्राष्ट्रिय संघ, संस्थाले ठूलो रकम खर्चेर सामाजिक विकासको नाममा कार्यक्रम गर्दै आएका छन् ।

तर, जिल्लामा घटेका घट्नाहरुले हाम्रो समाज अझैपनि अशिक्षित र पिछडिएको देखाउँछ । त्यसैगरि, कानुनको पर्वाह नगरि अराजकता प्रदर्शन गर्नेको भिडपनि उत्तिकै छ । देशमा कानुन छ र कसैले कानुनविपरित कार्य गर्छ भने ऊ कार्वाहीको भागेदार हो । तर, नागरिकमा चेतना नहुँदा वा कानुनलाईनै थिचोमिचो गर्न सक्ने आँट सहित अराजक घट्नाहरु हुने गरेको छ । तसर्थ, कानुनलाई हातमा लिने भन्दा पनि राज्यको निति, नियमलाई पालना गर्नतर्फ नागरिकको चेतना वृद्धि गर्न जरुरी छ । अतः सामाजिक सद्भाव कायम राख्न सबै नागरिक सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया