शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अनलाइनमार्फत यौन व्यवसाय संचालन गर्ने सिन्धुलीका सार्की पक्राउ

सोमवार , मंसिर १८, २०८०

सिन्धुली– अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने सिन्धुलका एकजना सहित चारजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका ४४ वर्षीय सेते सार्की सहित रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुंगाका ३३ वर्षीय गोपाल थापा, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया