शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

संभावनाको खोजी गर

सोमवार , मंसिर ११, २०८०

सिन्धुलीका स्थानिय तहको आन्तरिक आम्दानी निकै कम छ । संभावनालाई खोतल्न नसक्दापनि यहाँ भएका श्रोत, साधनको उपयोग हुन सकेको छैन । जिल्लामा कृषि व्यवसायको प्रचुर संभावना छ । जिल्लाका नौवटै स्थानिय तहमा मलिलो उर्वर भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । धान, मकै, गहुँ, केरा लगायत तरकारी खेती यहाँ फस्टाउन सक्छ । जिल्लामा कृषि व्यवसायमा ठूलो जनसंख्या निर्भर छ । तर, कृषि उत्पादनले बजार नपाउँदा कृषकहरु मारमा पर्ने गरेका छन् । स्थानिय स्तरमा उत्पादन भएपनि बजारको अभाव र व्यवस्थापनमा देखिएको कमजोरीका कारण उत्पादन खेर गइरहेको अवस्था छ ।

तराईका जिल्लाबाट अहिले पनि ठूलो मात्रामा तरकारी लगायत खाद्यान्न आयात गरिन्छ । जिल्लामा उत्पादित वस्तु खेर गइरहेको अवस्थामा अन्य जिल्लाबाट तरकारी लगायतका सामाग्री आयात गर्नुपर्ने बाध्यता दुर्भाग्यपुर्ण हो । तसर्थ, जिल्लाका स्थानिय तहले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर बजार व्यवस्थापनलाई जोड दिन आवश्यक छ । यातायात पहुँचको अभावले गर्दा पनि ठूलो मात्रामा कृषिजन्य उत्पादन खेर गइरहेको हुँदा स्थानिय तहले कृषकलाई सहजीकरण गर्न जरुरी छ । जिल्लामा उत्पादित वस्तुलाई खेर जान नदिन स्थानिय तहले विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । अतः स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै स्थानिय तहले आत्मनिर्भरतालाई जोड दिन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया