सिन्धुलीमा सडक अतिक्रमण गरेर संरचना निर्माणसँगै फुटपाथ ब्यबसाय मौलाउदैँ गएको छ । जिल्लामा राजमार्गदेखि कच्ची सडक आसपासका क्षेत्र ओगटेर पुर्वाधार निर्माण भएका छन् । सडक आम – नागरिकहरु हिँड्ने बाटो हो । जिल्लामा दिनहुँ जसो जसो सवारी दुर्घटना हुने गरेको छ । बाटो बन्दैछ तैपनि सवारी दुर्घटना न्यूनिकरण हुन सकेको छैन । सवारी दुर्घटना न्यूनिकरणका लागि प्रयास पनि भएका छन् तर यो सार्थक हुन सकेको छैन । सडक चौडा नभएका कारण नै धेरै स्थानमा सवारी दुर्घटना वृद्धि भइरहेको छ । नेपालको भूगोल एकैखालको छैन । सडक चौडा गर्नका लागि अतिक्रमण गरिएका घर र टहराहरु हटाउनुको बिकल्प छैन । आफ्नो सानो स्वार्थका लागि आफ्नै शरिर धरापमा पार्नु उचित हुन्न । घर वा टहरो भनेको फेरि बनाउन सकिने कुरा हो तर जीवन पाउन सकिन्न । त्यसैले दिर्घकालिन सोच राख्दै बाटो चौडा गर्ने बिषयमा सबैले गम्भिरतापुर्वक सोच्दै अतिक्रमित स्थान हटाउन पहल गर्नुपर्छ ।
जिल्लाको मरिण गाउँपालिकाले एक सूचनानै निकालेर मदन भण्डारी राजमार्ग अन्तर्गत मरिणको सडक खण्डमा अतिक्रमित जग्गा छोड्न निर्देशन दिएको छ । त्यस्तै, अन्य स्थानिय तहले पनि सार्वजनिक जग्गाको अतिक्रमणलाई हतोत्साहि पार्न ताकेता गर्दै आएको छ । तसर्थ, जग्गा अतिक्रमणलाई निरुतसाहित पार्न सरोकारवाला निकायले एकजुट हुन जरुरी छ । अतः अतिक्रमित जग्गा फिर्ता ल्याऊन् सम्बन्धित निकायले कडा कदम चाल्न ढिलाई गर्नुहुदैँन ।