सिन्धुलीको मुटुमा रहेको शनिबारे हाटबजारको शौचालय दुर्गन्धित भएको लामो समय भइसक्यो । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित गैरिबजारदेखि २ नम्बर बजारसम्म फैलिएको शनिबारे हाट बजारबाट कमलामाई नगरपाकिलाले वार्षिक आठ लाख बढि आम्दानि गर्दै आएको छ । जिल्लाको सदरमुकाममा रहेको हाट बजारमा साप्ताहिक रुपमा शनिबार जिल्लाका नौँ वटै स्थानिय तहबाट व्यापारी आउने गर्दछन् । तर, उक्त हाट बजारमा रहेको शौचालय दुर्गन्धित भएको धेरै समय बितिसक्दा पनि कसैको ध्यान जान सकेको छैन । मर्नु भन्दा बहुलाउनु ठिक भने जस्तै किटाणुको जोखिम मोलेर सर्वसाधरण दुर्गन्धित शौचालयमा शौच गर्न बाध्य छन् । स्थानिय सरकारलाई शुल्क तिरेर व्यापार गर्न बसेका व्यपारीहरुको सामान्य सुविधाकालागि पनि सम्बन्धित निकायले चासो नदेखाउँदा व्यपारीहरु चिन्तित र आक्रोशित बनेका छन् । तसर्थ, जिल्लाको स्थानिय सरकारले हाट बजारको शौचालय सफाई गर्न विशेष ध्यान दिन आवश्यक छ ।
शनिबारे हाट बजारको शौचालय मात्र नभएर सार्वजनिक स्थानमा रहेको अधिकांश शौचालय दुर्गन्धित रहेको नगरवासिले गुनासो गरेका छन् । शौचालय निर्माणकालागि लाखौँ खर्च गर्ने तर व्यवस्थापनमा कतिपनि ध्यान नदिने प्रवृद्धिले राज्यको लगानी बालुवामा पानी हाले सरह भइरहेको छ । तसर्थ, शौचालयको सरसफाईकालागि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।