शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राहत र उद्धारमा जुटौँ

आइतवार , कार्तिक १९, २०८०

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएसँगै जाजरकोट र रुकुमपश्चिममा ठूलो मानविय तथा भौतिक क्षति पुगेको छ । भूकम्पपीडितको घाउमा मलम लगाउन देश, विदेशबाट उद्धार र राहतका कार्यक्रम संचालन भइरहेको छ । भूकम्पबाट भएको मानविय तथा भौतिक क्षतिबाट देशनै शोकमग्न भएको अवस्था छ । भूकम्प प्रभावित जिल्लामा कयैन मान्छेको मृत्युसँगै करोडौँको संरचना भत्किएको छ । राज्यको संयन्त्रले भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाईतेको उद्धार गर्दै आएको छ । त्यस्तै, देश, विदेशबाट राहत जुट्न क्रम बढिरहेको छ । तर, भुकम्प प्रभावित क्षेत्रमा खुल्ला आकाशमुनि रात कटाउन भुकम्पपिडित विवश छन् । तसर्थ, राज्यले यथाशिघ्र उद्धारसँगै भूकम्प प्रभावित क्षेत्रमा राहतको कार्यक्रम संचालन गर्न ढिलाई गर्नुहुदैँन । तत्काल भूकम्प प्रभावित क्षेत्रमा आवश्यकता अनुसारको सामाग्री आपूर्ति गर्न राज्यको संयन्त्र केन्द्रित हुन आवश्यक छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रकालागि पाँच लाख सहयोग गरेको छ । अन्य स्थानिय तहले पनि आर्थिक तथा सामाग्री सहयोग गरेर भूकम्प प्रभावित क्षेत्रका नागरिकको घाउमा मलम लगाउन अग्रसर हुन जरुरी छ । दुखद घडी नेपालीहरु एकजुट भई विपदको सामना गर्नुबाहेक विकल्प छैन । अतः पहाडमा जाडो बढे, तराइले सेक्नुपर्छ । आँधि आए तराईमा, पहाडले छेक्नुपर्छ । माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ । विपत्तिको ठेस लागे, साझा आँसु रुनुपर्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया