शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कारागार सुध्रने थलो बनोस्

बिहिवार , कार्तिक १६, २०८०

सिन्धुली कारागारमा क्षमताभन्दा बढि कैदीबन्दीलाई राखिएको छ । कारागार भनेको सुधार गृह हो । तर, सुधारगृहमै कैदीबन्दीले कष्टकर जिवन बिताउन बाध्य छन् । गाँस र बाँसको सुविधासँगै पठनपाठन र स्वास्थ्यको सवालमा कारागारले सम्झौता गर्न मिल्दैन । तर, सिन्धुली – कारागारमा भने गाँस, बाँससँगै स्वास्थ्य उपचारमा थुप्रै समस्या देखिएको कैदीबन्दीहरुले गुनासो गरिरहेका छन् । त्यसैगरि, कैदीबन्दीहरुले काम गरे अनुसारको ज्याला नपाएको गुनासो पनि आइरहेको छ । बजारमा पाँचसय भन्दा बढि मूल्य पर्ने मुढा लगायत अन्य सामाग्री बनाए बापत कैदीबन्दीले निकैनै कम ज्याला पाइरहेका छन् । कारागार भित्रै मानवअधिकार हनन् हुने गरेको भन्दै त्यहाँ बसेर फर्किएकाहरुले विरोध गरेको अवस्था छ । तसर्थ, कारागारको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । कारागारमा देखिएको यस्तो समस्याले विद्रोह निम्ताउँछ ।

त्यसैले, कानुन उल्लंघन गरेर कारागार गएकाहरुलाई सुधार्नकालागि राखिएको ठाउँको उचित व्यवस्थापनमा जिम्मेवार निकायले गम्भिर भएर सुधारका कामहरु गर्न जरुरी छ । कैदीबन्दीले स्वच्छ भोजनसहित स्वस्थकर जिवन बिताउन पाउनुपर्छ । त्यसैले, कैदीबन्दी समग्र विकासमा कारागार व्यवस्थापनले जोड दिन जरुरी छ । त्यसैगरि, क्षमता भन्दा बढि कैदीबन्दी रहेको सिन्धुली कारागारमा अरु कैदीबन्दी ल्याउन खोज्ने भन्दा पनि कसरी क्षमता अनुसार अघि बढ्ने भन्नेतर्फ जिल्ला प्रशासन लगायत जिम्मेवार निकायले मनन् गर्न आवश्यक छ । अतः कैदीबन्दीको समस्या बुझेर सुध्रने वातावरण सिर्जना गर्नतर्फ राज्यको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया