शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कार्यालय फर्क

सोमवार , कार्तिक १३, २०८०

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैँ सकिएसँगै सरकारी कार्यालयमा सेवाग्राहीको चहलपहल देखिएको छ । लामो सार्वजनिक बिदापछि कार्यालय संचालनमा आएसँगै रोकिएका सरकारी काम सम्पन्न गर्न सेवाग्राही सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी आइपुगेका छन् । तर, केहि सरकारी कार्यालयमा भने कर्मचारी अनुपस्थित हुँदा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । एक दिनमा हुने कामकालागि कयौँ दिन घर भन्दा टाढा बस्दा खर्चसँगे समयको बर्बादि हुने गरेको सेवाग्राहीले बताएका छन् । दशैँअघि थाति राखेको काम फत्ते पार्न सरकारी अड्डा धाएका सेवाग्राहीलाई कर्मचारीको अनुपस्थितिले हैरानि भइरहेको छ । जिल्लामा रहेका संघ, प्रदेश र स्थानिय तहको मातहतमा रहेका केहि कार्यालयमा कर्मचारी नहुँदा काम हुन नसकेको सेवाग्राहीको आरोप छ ।

सिन्धुलीको सदरमुकाममै मात्र नभएर अन्य स्थानिय तहमा रहेका सरकारी अड्डामा समेत सेवाग्राहीको काम पछि सरिरहेको छ । दशैँको बिदा सकिएपनि कर्मचारी नआउँदा सेवाग्राही मौन बस्नु बाहेक अन्य उपाय नरहेको उनीहरु बताउँछन् । गुनासो गर्ने ठाउँपनि थाहा नभएकाले मौन बस्नुको विकल्प नरहेको सेवाग्राही बताउँछन् । तसर्थ, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सेवाग्राहीको चरम असन्तुष्टिलाई सम्बोधन गर्दै अनुगमनलाई तिव्रता दिन जरुरी छ । त्यसैगरि, कर्मचारीलाई समयमै उपस्थित हुन आदेश दिनुका साथै निगरानि बढाउनतर्फ प्रशासन गम्भिर हन आवश्यक छ । अतः सेवाग्राहीलाई राज्यबाट सास्ती हुन नदिन जिम्मेवार निकाय सचेत हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया