सिन्धुली– काठमाडौंमा करेन्ट लागेर सिन्धुलीका एक युवाको मृत्यु भएको छ । बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–६ स्थित स्मृति लामिछानेले संचालन गरेको शिव सिद्धी इन्टरप्राइजेजमा कार्यरत सिन्धुलीका एक युवाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङ हुन् । मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।