शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

योजनालाई अलपत्र नपार

सोमवार , आश्विन २९, २०८०

सिन्धुलीमा निर्माण व्यवसायीहरूको गैरजिम्मेवारीका कारण कयौँ आयोजना अलपत्र अवस्थामा छ । निर्माण व्यवसायीहरूको चरम लापरवाहीका कारण केहि आयोजनाहरू समयमा बनेका छैनन् । काम नहुनुमा निर्माण व्यवसायीहरूले पनि धेरै कारण देखाउने गरेका छन् । तर, मुख्य कारण उनीहरूको गैरजिम्मेवारीपन नै हो । समयमा वा त्योभन्दा अझै चाँडो निर्माण कार्य सक्ने व्यवसायीहरू पनि हाम्रै जिल्लामा छन् । तर, त्यस्ता राम्रा व्यवसायी एकाध प्रतिशत मात्र छन् । यस्ता व्यवसायीले समयमा काम सम्पन्न गर्ने मात्र नभएर काम पनि गुणस्तरीय गर्छन् । तर, अधिकांश निर्माण व्यवसायी गैरजिम्मेवार छन् । ‘यो र त्यो’ को बहानामा काम नगरी योजनाहरूलाई दुहुनो गाई बनाउने काम गरिएको छ ।

आयोजना जति लम्ब्यायो उति त्यसको लागत मूल्य बढाउने पनि गरिएको छ । लागत मूल्य बढाउन सरकारी कर्मचारी, राजनीतिक दलका नेता–कार्यकर्ता र निर्माण व्यवसायीबीच मिलेमतो हुने गरेको छ । समयमै काम नगरेर योजनालाई दुहुनो गाई बनाउने अहिलेको प्रवृत्ति नहटेसम्म भौतिक पूर्वाधार निर्माण अलपत्र पर्नु र ठेक्का सम्झौता खारेजको विषय नौलो हुनेछैन । यसैले यो प्रवृत्तिलाई सम्बन्धित निकायले जतिसक्दो चाँडो निरुत्साहित गर्नुपर्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया