शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रातको समयमा गस्ति बढाऊ

शुक्रवार , आश्विन २६, २०८०

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित रातमाटामा रहेको एक मार्टमा बुधबार राती चोरीको प्रयास भयो । चोरले कुनैपनि सामान नचोरेपनि सटरको ताल्चा फुटाउन खोजेको सिसिटिभिमा कैद भएको छ । नेपाली हिन्दु धर्मावलम्वीको महान् चाड विजयदशमि आउन केहि दिनमात्र बाँकी रहदा सानातिना चोरीको घट्ना सार्वजनिक भएको छ । जिल्लाको सदरमुकाममै चोरीको प्रयास हुनु र एक दिन बित्दासमेत चोर पक्राउ नहुनुले बूढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता स्थानियले गरेका छन् । सदरमुकामका विभिन्न ठाउँहरुमा स्थानिय सरकारले लाखौँ खर्चेर सिसिटिभि क्यामेरा जडान गरेको छ । विपी राजमार्ग आसपासकै पसलमा चोरीको प्रयास भएपछि स्थानिय त्रसित भएको अवस्था छ । तसर्थ, रातको समयमा प्रहरीले थप सक्रियता बढाउनुपर्ने स्थानियले माग गरेका छन् । गस्तिको संख्या वृद्धिसँगै ठाउँठाउँमा प्रहरीलाई खटाउनुपर्ने आवश्यकता देखिएको छ ।

जिल्लामा चोरीको घट्नामा वृद्धि हुन नदिनकालागि सर्वसाधरण स्वयंपनि सचेत हुन जरुरी छ । त्यसैगरि, सुरक्षा संयन्त्रलेपनि अन्य समयमा भन्दा चाडबाँडको समयमा थप जनशक्ति परिचालन गर्नतर्फ विशेष जोड दिन आवश्यक छ । भारतबाट समेत विभिन्न भेषमा मानिसहरु सिन्धुली भित्रिएका छन् । तसर्थ, प्रहरीले त्यस्ता व्यक्तिको निगरानि गर्नतर्फ चासो देखाउनुपर्दछ । अतः रातको समयमा गस्तिसँगै सुरक्षा दिन सुरक्षा संयन्त्र गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया