सिन्धुलीमा अनियमित विद्युत कटौतीलका कारण जिल्लावासिले सास्ती व्यहोर्नु परिररहेको छ । विद्यूत कटौती र लो भोलटेजका कारण सर्वसाधारणदेखि उद्योगी व्यवसायीलाई समेत मर्का परिरहेको छ । छिनछिनमा बिजुली जाने समस्या त छँदैछ, त्यसैमाथि भोल्टेज पनि कम छ । समय–समयमा विद्युत आउने–जाने हुँदा विद्युतिय सामाग्री बिग्रिएको सर्वसाधरणले गुनासो गरेका छन् । मेसिनमा खराबी आउँदा लाखौँ रुपैँया मर्मतकालागि खर्च भइरहेको स्थानियको गुनासो छ । पटकपटक विद्युतआउनेजाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ ।
अनियमित विद्युत अपूर्तिले गर्दा विद्युतीय सामग्री समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ । विद्युत नहुँदा धेरै काम प्रभावित हुने गरेको सर्वसाधरणको गुनासो छ । मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसल, विद्युतबाट सञ्चालन हुने ग्रिल उद्योग लगायत अधिकांश व्यवसाय अनियमित विद्युत कटौतीका कारण प्रत्यक्ष मारमा परेका छन् । विद्युत नियमित नहुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई समेत समस्या भएको छ । प्राधिकरणको कमजोरी वा प्राविधिक समस्याले विद्युत कटौती भएको भन्ने जानकारी समेत विद्युत प्राधिकरण, सिन्धुली वितरण केन्द्रले दिएको छैन । तसर्थ, सिन्धुली वितरण केन्द्रले विद्युत कटौतिको वास्तविक जानकारी दिन कञ्जुस्याईँ गर्नुहुदैँन । त्यसैगरि, प्राविधिक पक्षका कारण विद्युत अपूर्तिमा समस्या देखिमा मर्मत गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ । अतः विद्युत कटौतीले नागरिकमा पर्न गएको समस्याप्रति सिन्धुली वितरण केन्द्र जवाफदेहि हुन आवश्यक छ ।