शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको नाकामा कडाई गर

मंगलवार , आश्विन १६, २०८०

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैँ आउन केहि साता मात्र बाँकी रहदा तस्करी र अवैद्य क्रियाकलाप बढिरहेको छ । भारतीय नम्बर प्लेटमा अवैद्य सामाग्री ओसारपसार भइरहेको घट्ना सार्वजनिक भएका छन् । तीनवटा राष्ट्रिय राजमार्ग रहेको सिन्धुलीमा दैनिक हजारौँ गाडीहरु ओहोरदोहर गर्दछन् । तराईलाई काठमाडौँसँग नजिक बनाएको विपी राजमार्गमा प्रहरीले चेकजाँच गर्नेक्रममा थुप्रै अवैद्य सामाग्री बरामद गरिसकेको छ । सिन्धुली प्रहरीले नाका छलेर ल्याइएको चाँदीदेखि सारीसम्म बरामद गरेको छ । चाडबाडको समयमा चोरी, तस्करीका घट्ना वृद्धि हुने भन्दै प्रहरीले निगरानि बढाएको छ । तर, विभिन्न सडकखण्ड प्रयोग गर्दै तस्करले अवैद्य क्रियाकलाप गरिरहेको राजमार्ग आसपासका स्थानियले बताउने गरेका छन् । भारतबाट माछा, कपडा, चाँदीदेखि लागुऔषध भित्रिने क्रम रोकिएको छैन । १० वटा जिल्लालाई छोएको सिन्धुलीका नाकाहरुमा चेकजाँच कडाई नगर्ने हो भने सिन्धुली अवैद्य सामाग्री ओसारपसार गर्ने ‘ट्रान्जिटप्वईन्’ नबन्ला भन्न सकिन्न । तसर्थ, नाकामा कडाई गर्नतर्फ सुरक्षा संयन्त्र गम्भिर हुन जरुरी छ ।

सिन्धुलीबाट नजिक दुरिमा रहेको नेपाल भारत सिमाबाट लागुऔषधदेखि करछलि गरि विभिन्न सामाग्रीहरु भित्रिने गरेको छ । केहि महिनाअघि मात्रै करछलि गरि ल्याईएको मल सिन्धुलीमा रहेको आधा दर्जन प्रहरी चेकप्वाईन्ट कटाएर जिल्लाको सुनकोशी गाउँपालिकासम्म तस्करले पु¥याएका थिए । स्थानियले उक्त मल नियन्त्रणमा लिएपछि मात्रै उक्त घट्ना सार्वजनिक भएको थियो । तसर्थ, तस्करसँग प्रहरीको आँखा छल्ने विविध उपाय हुनेहुँदा प्रहरी, प्रशासन लगायत जिल्ला सुरक्षा संयन्त्र थप चलाख हुन आवश्यक छ । अतः सिन्धुलीका नाकाहरुमा निगरानि बढाउदैँ थप कडाई गर्नतर्फ सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।

 

प्रतिक्रिया