शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

किसान महासंघले गाउँपालिकामा बुझायो ज्ञापन पत्र

शुक्रवार , श्रावण २६, २०८०

सिन्धुली– नेकपा(एमाले) निकट अखिल नेपाल किसान महासंघ सुनकोशी गाउँपालिकाले किसानका समस्याहरुलाई लिएर शुक्रबार गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र मार्फत महासंघले लम्की स्कीन महामारीका कारण मृत्यू भएको पशुहरुको उचित क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने, बिमा कम्पनीबाट बिमा गरिएको रकम बिना झन्झट भुक्तानीको लागी उचित ब्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै लम्की स्कीनका कारण अंगभंग भएका पशुचौपायाहरुको यथासिघ्र उचित उपचारको ब्यवस्था गर्नुपर्ने, प्रकोप बढ्न नदिन पालिका भित्र बाह्य पशुहरुको ओसारपसारमा रोक लगाउनु पर्ने लगायतको माग राखि स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाइएको अखिल नेपाल किसान महासंघ सुनकोशी गाउँपालिकाका अध्यक्ष चन्द्रलाल धिमालले जानकारी दिनुभयो ।

सुनकोशी गाउँपालिकामा प्रमुख ब्यवसायको रुपमा रहेको पशुपालन ब्यवसाय माथि परेको बिपदका कारण गाउँपालिकामा आर्थिक हिसाबले ठुलो क्षति पुग्नुका साथै रोजगारी समेत गुमेका कारण स्थानीय सरकारले गम्भीर रुपमा लिनुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

लम्की स्कीन रोगका कारण जिल्लामा ६ सय ८६ गाईभैसीको मृत्यू भईसकेको छ भने बिहिबारबाट सप्ताह ब्यापी भ्याक्सीन अभियान समेत सुरु गरिएको छ । गाउँपालिकामा हजारौंको संख्यामा लम्की स्कीन लागेका पशुचौपायाहरु भएपनि गाउँपालिकालाई २ सय २५ थान मात्र भ्याक्सीन पठाईएको छ ।

प्रतिक्रिया